९ बैशाख,बिर्तामोड बिर्तामोड-१० तेलगानी टोलमा गए राती खुकुरी प्रहारद्वारा दुईजना घाईते भएका छन्। घाईते हुनेहरुमा पत्थरभिट्टा टोल निबासी रोशन सुबेदी र अनबेश पौडेल रहेका छन्। उनीहरुलाई तेलगानी टोलका बाबुराम न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो। गएराती करिब साँझ नौ बजे तिर उनीहरु बिच सामान्य बिबाद भएको र सोही बिबादको क्रममा न्यौपानेले खुकुरी प्रहार गरेको जनाईएको हो। खुकुरी प्रहार गर्ने न्यौपाने तत्पश्चात इलाका प्रहरी चौकी अनारमनी माआफै उपस्थित भएर आत्मा समर्पण गरेको सैनिक बजार प्रहरीचौकीका इन्चार्ज प्रसनि नरोत्तम थापाले जानकारी गराए। घाईते मध्ये दुबैजनाको हातमा चोट लागेको र रोशन सुबेदीको भने बढीनै चोट लागेकोले बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार हुन नसकी घोपा धरान रिफर गरिएको छिमेकी सन्तोष बेघाले बताए । अर्का घाईतेको अवस्था भने सामान्य रहेको जनाईएको छ भने हाल खुकुरी प्रहार गर्ने न्यौपानेलाई इप्रका अनारमनीले अनुसन्धन गरिरहेको हो।
१४ मंसिर,बिर्तामोड बिर्तामोड-९ बिराटपोखरबाट कोलाटोली जाने भत्किएको कल्र्भर्टमा आज बिहान सात तीस बजे मोटरसाईकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। घाईते हुनेमा बिर्तामोड-१० पत्थरभिट्टा बस्ने महेन्द्र रत्न मा बि का शिक्षक इच्छाराम निरौला रहेको स्थानिय सुनिता निरौला बास्कोटाले जानकारी गराईन् । निरौला बिर्तामोड-९ कोलाटोलीमा रहेका साथी पुष्प पौडयाललाई भेटेर सो सडक खण्ड भै विद्यालयतर्फ जाने क्रममा दुर्घटनामा परेको जनाईएको हो। सो सडक खण्डमा बर्षाले भत्किएको कल्भर्ट छ । दक्षिणबाट आउने क्रममा केही उकालो भाग र त्यसपछि भत्किएको कल्भर्ट आउछ भत्किएको कल्भर्टको भेउ नपाउदा निरौला सरासर आउदा कल्भर्टबाट मोटरसाईकल अनियन्त्रित भै सोझै तल खसेको स्थानिय तेज प्रसाद सिटौलाले बताए। दुर्घटनाबाट निरौलाको दाहिने हात र औंला भाचिएको जनाईएको छ भने अन्यत्र सामान्य चोट लागेको जनाईएको हो। दुर्घटनामा निरौलाको मे ११ प १७४७ न. को होण्डा साईन मोटरसाईकलमा समेत क्षति पुगेको जनाइएको हो। घाईते निरौलालाई उपचारको लागि कन्काई अस्पताल बिर्तामोड लगिएको जनाईएको हो भने स्थानियले उक्त दुर्घटना स्थलमा ...
११ चैत्र,झापा बिर्तामोड -१०साईराम टोल निबासी भिष्म पौडेल मृत फेला परेका छन् । बिर्तामोडको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र उनी मृत् भेटिएका हुन्। कम्पाउण्डभित्र क्यान्टिन संचालन गर्दै आएका साईराम टोल बिर्तामोड-१० घर भएका देबीप्रसाद पौडेलका छोरा ३८ वर्षीय भिष्म पौडेलले झुन्डिएर आत्महत्या गरेका हुन् । आज बिहान ६ बजे अर्जुनधारा–११ स्थित बसपार्कमा रहेको पाथिभरा इन्जिनियरिङ कलेजको कम्पाउण्डभित्र रहेको टिकको रुखमा पौडेलले नाइलनको डोरीले पासो लागेका थिए । शवलाई प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टमको गरी मृतकका बुवाले सदगदको लागि बुझिलगेको प्रहरीले जनाएको छ
Comments
Post a Comment