बिश्वप्रकाश शर्माले तेश्रो पल्टमा खाता खोले
७,मंंसिर झापा
झापा क्षेत्र न. १ मा प्रतिनिधि सभा सदस्य तर्फ २१ जना उम्मेदवारहरुले मनोनयन दर्ता गराएको आयोगले जनाएको हो।
दुई पटक नेकपा एमाले संग पराजित नेपाली कांग्रेसका बिश्व प्रकाश शर्मा यस पटकको निर्बाचनमा भने बिजयी भएका हुन् ।
२०७० को निर्बाचनमा नेकपा एमालेका रबिन कोईरालासंग र २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका सुरेन्द्र कुमार कार्की संग उनी पराजित भएका थिए।
२०७४ मा बिश्व प्रकाश शर्माले ३३,३१० मत प्राप्त गर्दा नेकपा माओबादी केन्द्रका सुरेन्द्र कार्कीले ३६,१७३ मत प्राप्त गरेका हुन्।
यसपटक बिश्व प्रकाश शर्माले ३९,६२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अग्नी खरेलले २५,३४९ मत प्राप्त गरेका छन् । यो मतअन्तर १४,२७५ फरक रहेको छ।
झापा क्षेत्र न.१ मा जम्मा मतदाता संख्या १२०,३७५ रहेकोमा ७२.६३ प्रतिशत मत खसेको आयोगले जनाएको हो।
शर्मा सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री र प्रबक्ता समेत हुन् ।
शर्मालाई तेश्रो यो पटकमा संसदिय निर्बाचनमा सफलता मिलेको हो।
![]() |
![]() |
गोपाल तामाङ्ग |
Comments
Post a Comment