सैनिकबजार महेन्द्र ज्योति माबिमा ६० देखि ६५ प्रतिशत मत खस्यो


४,मंसिर झापा 
सुरेश आले"सर्जु"

 बिर्तामोड-१० सैनिक बजार महेन्द्र ज्योति माबिमा स्थाई मतदाता ६०७३ र २८ जना अस्थाई मतदाता रहेकोमा ६० देखि ६५ प्रतिशत मत हाल खसेको मतदान अधिकृत क का रुपक दाहालले जानकारी गराए। यो झापा जिल्ला ३ क्षेत्र को एक मतदान केन्द्र हो।

त्यहाँ स्थानिय १०१ बर्षिय खड्ग प्रसाद उप्रेती र प्यारालाइसिस भएका सोम बहादुर शेर्मा लगायतले समेत मतदान गरेका छन् ।

६ वटा बुथ मार्फत  प्रत्येक मतदान बुथमा १००८ का दरले मतदाता संख्या दर रहेका थिए । सुरक्षाको लागि प्रहरी र म्यादी प्रहरी गरि ३४ जना सुरक्षाकर्मी खटिएको प्रसनि राजेश खड्काले बताए। मतदान स्थललाई अपांग मैत्री बनाइएको सोही स्थलको ख का मतदान अधिकृत निता नेपालले जानकारी गराईन् । मतदाता संख्या अधिक रहेको त्यस स्थानमा दुई ठाउँमा मतदान स्थल निर्माण गर्न त्यहाँ स्थित खटिएका मतदान अधिकृतहरुले सल्लाह प्रदान गरेका छन् । सो स्थानमा मतदान अधिकृत सहित ४८ जना कर्मचारी र थप स्वयंसेवकहरु मतदानतको लागि खटिएको जानकारी गराइएको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन