जनज्राति महासंघले उम्मेद्वारहरुसंङ्ग अन्तरकृया गर्ने

 


कातिक १५,झापा
सुरेश आले"सर्जु" बिर्तामोड

नेपाल आदिबासी जनजाति महासंघ झापा (नेफिन) ले झापाका पाँचवटै क्षेत्रका उम्मेद्वारहरुसङ्ग आदिबासी जनजातिको हक अधिकारको सुनिश्चितता बिषयमा अन्तरकृया कार्यक्रम गर्ने भएको छ । आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य झापा जिल्ला निर्बाचनका उम्मेद्वारहरूसंङ्ग अन्तरकृया कार्यक्रम गरिन लागेको हो । सो कार्यक्रमको तयारी सम्बन्धमा आज महासंघले बिर्तामोड अथिति सदन स्थित सभाहलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको  छ ।

जानकारी गराउने सम्बन्धमा महासंघका झापा जिल्ला उपाध्यक्ष केवलमान राईले केवलमान राईको संयोजकत्वमा आगामी कात्तिक १७ गते झापा क्षेत्र न.१ को लागि काकडभिट्टामा, झापा क्षेत्र न.२ को लागि १९ गते इन्द्र बहादुर श्रेष्ठको संयोजकत्वमा अथिति सदन बिर्तामोडमा, झापा क्षेत्र न.३ को लागि २० गते उत्तम कुमार राजवशीको संयोजकत्वमा भद्रपूर एवड होटलमा, झापा क्षेत्र न.४ को लागि २३ गते  लक्ष्मन ज्वेल्स श्रेष्ठको संयोजकत्वमा बाणिज्य हल सुरुङ्गामा त्यस्तै २२ गते झापा क्षेत्र न.५ को लागि बदी साम्पाङ्गको संयोजकत्वमा कमल गाउँपालिका होटल रोड स्टारमा अन्तरकृया गरिने जानकारी दिए । महासंघका झापा जिल्ला अध्यक्ष पाण्डव चौधरीले आदिबासी जनजातिहरुको हकहितको बारेमा गरिन लागेको उक्त कार्यक्रममा उम्मेद्वारहरुलाई समसाययिक प्रश्न सोधिने समेत अनुरोध गरे।

महासंघ झापा अध्यक्ष पाण्डव चौधरीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा जिल्ला उपाध्यक्ष केवलमान राई,महासंघ बिर्तामोड नगर अध्यक्ष राजकुमार राजवंशी, सचिव सन्तोष बेघा,नेपाल आदिबासी जनजाति पत्रकार महासंघ झापा अध्यक्ष भूमिका लिम्बु सुब्बा,एक बहादूर खुजुम,इन्द्र बहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन महासंघ झापा जिल्ला सचिव लक्ष्मन ज्वेल्स श्रेष्ठले गर्नु भएको थियो।


Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते