नेपाल पत्रकार महासंघ झापाको बार्षिक साधारणसभा सम्पन्न
![]() |
राष्ट्रियगान प्रश्तुत हुँदा |
२५ कात्तिक, झापा
पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यकममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष बिपुल पोखरेलको प्रमुख आथित्थ तथा बिशिष्ट अथितिहरूमा नेपाल पत्रकार महासंघ प्रदेश १ अध्यक्ष लिला बल्लव घिमिरे झापा जिल्ला प्रमुख अधिकारी छबि लाल रिजाल,नेपाल पत्रकार महासंघ के. सदस्य इकवाल अहमद, अमर खड्का झपा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वमणी पोखरेल,झापा २ न. गण ससस्त्र प्रहरी प्रमूख,झापा राष्ट्रिय अनुसन्धानका निर्देशक अग्रज पत्रकारहरु नकूल काजी ,गोबिन्द चन्द्र क्षेत्री,केशव आर्चाय,तारामणी सापकोटा, भिम नेम्बाङ्ग तथा नेपाल पत्रकार महासंघ प्रदेश १ सदस्यहरु लगायत बिभिन्न पत्रकार संघ संस्था प्रमुखहरुको उपस्थिति रहेको थियो।
![]() |
सम्मानित शरद लाल जोशी |
![]() |
चौथो अंङ्ग बुलेटिन बिमोचन |
नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भदृराईले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमूख अतिथी पोखरेल,प्रजिअ रिजाल,केन्द्रिय सदस्य अमर खड्का,प्रदेश १ महासंघ अध्यक्ष घिमिरे लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष गिरीले साधारण सभा सफल पार्न उपस्थित सबैलाई धन्यबाद दिनु भयो। अधिकांश बक्ताहरुले प्रेस स्वतन्त्रता प्रति अझै पनि अंकुश लगाउने काम भैरहेको प्रति यसो हुनु हुदैन भन्ने धारणा ब्यक्त गरेका थिए ।
![]() |
अध्यक्ष गिरी |
प्रतिवेदन माथि छलफल गर्न बन्द सत्रको कर्यक्रम समेत आयोजना गरिएको र बन्द सत्रले प्रतिवेदन पारित गरि महत्वपूर्ण प्रश्ताव माथि छलफल गरिएको कार्यक्रम संचालक नेपाल पत्रकार महासंघ झापा शाखा सचिव डिकेश लामा र सहसचिव राजु पाठकले जानकारी दिनु भयो।
.
Comments
Post a Comment