बित्तामोड -९ को उत्तर पश्चिमको बजेटमा स्थानियको आक्रोश
![]() |
वडा न.९ बजेट |
२८ कात्तिक,झापा
वडाका समस्याहरु के के छन् भनेर एमाले सरकारले खडा गरेको स्थानिय सरकार संचालन गर्न बनेको टोल बिकाश संस्थाहरुलाई योजना माग गरिन्छ जब कि टोल बिकाश संस्थामा पनि एमालेकै कार्यकर्ताको हावी छ । त्यै भएर पनि वडाका योजनाहरू उनीहरुको घर दैलोमा सिमित हुने गरेको बद्रिबारी भेगका स्थानिय आनन्द राजवंशीले गुनासो गरे । त्यसो हुँदा खास समस्याहरू ओझेलमा पर्ने गरेको उनको बुझाई छ। स्थानिय समस्यालाई अवगत गरेर बजेट बिनियोजन गरिनु पर्छ उनले भने ।
वडा र नगरका प्रतिनिधिहरुले बास्तविक समस्या नबुझी टोल बिकाश संस्थाका ब्याक्तिका कुरा सुन्ने गरेका छन् । बिर्तामोड नगरपालिकामा अघिल्लो स्थानिय चुनावमा एमालेकै मेयर धुर्ब कुमार शिवाकोटी निर्बाचित भए। त्यस साथै वडाहरूमा पनि एमालेकै वडा अध्यक्षहरूको बर्चश्व रह्यो। यस बर्षको स्थानिय निर्बाचनमा समेत एमालेकै पबित्रा महतरा प्रसाई मेयरको पदमा बिजयी भईन् यस बर्ष पनि राजनैतिक बाँडफाड लगभग पहिलेकै परिपाटीले वडामा जनप्रतिनिधिहरु बने बिर्तामोड नगरपालिकाका १० वटा वडा मध्ये २ मा कांग्रेस १ मा राप्रपा र अन्य ७ वडामा एमाले प्यानलकै वडा अध्यक्ष निर्बाचित भएका छन् । यसरी वडा न.९ पनि राजनैतिक बृतमा एमालेको पोल्टोमा पर्यो ।
![]() |
अघुवा खोलाको इस्टिमेट |
अघिल्लो बर्ष एमालेकै पबित्रा पाठक वडा न.९ को वडा अध्यक्ष बनिन् उनको कार्यकालमा एमाले कार्यकर्ताकै कुरा बढी सुनियो भन्ने आरोप छ । यस पटक स्थानिय निर्बाचनमा ९ मा एमालेकै हरि चौलागाईं वडा अध्यक्ष नर्बाचित भए । उनले पनि अहिले यै धार पक्डेर बिकाश योजनाका काम छनौट गर्ने गरेको भनाई बाहिर आएको हो । वडा न. ९ को पश्चिम उत्तर १० संग सिमाना जोडिएको बद्रिबारी टोल बिकाश संस्था र धनबिरबारी पूर्व कोलाटोली टोल बिकाश संस्थामा हेर्ने हो भने अघिल्लो समयको मेयर धुर्व कुमार शिवाकोटीको पालामा यस भेगका एमाले कार्यकर्ता गोपाल खरेलको चलखेल देखिएको भनाई छ मेयर शिवाकोटीले खरेललाई योजना मात्र दिएनन् नगर भरिको उत्कृष्ट उपभोक्ता संयोजकको पुरस्कारले समेत सम्मान गरे । हाल उनको स्थानमा सुजन संग्रौला अगाडि देखिन्छन्। त्यसै गरि एमाले कार्यकर्ता सुनिता निरौला बॉस्कोटा र युवराज पराजुली समेत यस बर्ष त्यस ठाउँमा प्रभावकारी बनेको भनाई छ । यो बर्ष यी तीन जनाको हातमा यस क्षेत्रको योजना परेको छ । संग्रौलाले उनकै घर छेउ बाटोमा प्लम गर्ने योजना पारेका छन् । बास्कोटाले घरछेउको खोला तटबन्ध र काठे पूल निर्माण त्यस्तै पराजुलीले आफ्नै घर छेउको बाटोमा कल्भर्ट निर्माणको योजना पारे। ती चार वटा योजनामा क्रमशः पॉच लाख, पॉच लाख,दुई लाख र पाँच लाख बजेट वडाको सिफारिसमा नगरले बिनियोजन गर्यो अब योजनाका हर्ताकर्ता समेत सम्भवत उनीहरुनै हुने यस क्षेत्रका स्थानियको भनाई छ । जबकि त्यस क्षेत्रको गोपाल सिटौलाको घरछेउको कल्भर्टको बर्षौ देखिको ठूलो समस्या यथावत राखिने काम भयो। जहाँ बाट आवत जावतमा समेत कठिनाई भैरहेको छ । यसलाई एमाले कार्यकर्ता रिझाउन गरिएको काम नभनेर के भन्ने स्थानिय नबिन सेढाँईले भने। उनले अन्यत्रको समस्यालाई वडाले बुझ्न नसकेको गुनासो पनि गरे। वडामा यसरी एमाले कार्यकर्ताको हावी देखिएको हो।
यस बिषयम वडा अध्यक्ष चौलागाईसंग सम्पर्क गर्दा एमाले कार्यकर्ता रिझाउन भन्ने शब्द पुष्टि नहुने,संयोग मात्र त्यस्तो भएको गोपाल सिटौलाको घर अगाडिको कल्भर्टको लागि पाँच लाख रुपैया बजेट बिनियोजन गर्ने कुरा थियो त्यत्ति रकमले निर्माण अपुग हुने भएपछि सो बजेट अन्यत्र लगाईएको र त्यहाँ रहेको अंधुवा खोला तटबन्धका लागि स्थानिय उपभोक्ता बालकृष्ण आलेसंग मिलेर करिव रु. एकसठ्ठी लाख बराबरको योजना नगर मार्फत केन्द्रमा पेश गरेको र त्यस ठाउँको योजना छनौट गर्दा केही पुरानै र अति आवश्यक हेरेरै बजेट बिनियोजन गरेको जानकारी गराए। तर यस कुरामा सत्यता नभएको केही न केही पूर्वाग्राही भावना वडा अध्यक्षले यस क्षेत्रमा राखेको बद्रीबारी टोल बिकाश सस्थाका लील कुमार निरौला र तेज प्रसाद सिटौलाले गुनासो गरे।
Comments
Post a Comment