मणी थापा : बिदेश देखि बिराटपोखरमा कोल्ड स्टोर सम्म

३० कात्तिक,झापा
झापा जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडबाट साढे तीन किलो मिटर तल सैनिक बजार जाने बाटोको बीच बिराटपोखरमा एउटै मात्र कोल्ड स्टोरको पसल खोलेर मणी बसेका छन् । गाउँले बातावरणमा कोल्ड स्टोर संचालन गरेर गुजारा गर्नु असंभव जस्तै हो तथापि उनले यै ब्यबासय रोजेका छन् र यसैलाई बृद्धि बिकाश गर्न दिन रात लागिपरेका छन् । यो ठॉउमा अरुको यस्तो किसिमको ब्यापार छैन।
४० बर्षे युवा मणी थापाले अब बिदेश जाने सोंच त्यागेको र यै ब्यबासायलाई पर्वद्धन गर्ने सोंच बनाएका हुन् । मासिक ३०-४० हजारको आम्दानीले १ छोरा,१ छोरी र श्रीमति सहित बुबा आमाको घर खर्च चलाएर उनी यसै ब्याबसायमा कसरी अगाडि बढ्ने भन्ने सोंच सहित भविष्यको कल्पनामा छन्। ब्यापारकै सिलसिलामा केही ब्याक्ति र नेपालकै केही कम्पनीले सहयोग गरेकोमा मणी खुशी देखिन्छन्। बैदेशिक रोजगारबाट स्वदेश फर्कनेहरुलाई सरकारले सक्दो सहयोग गर्नुपर्छ उनी भन्छन् । मणीको यो खुशीपनाले बिदेशको कमाईले स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने उदहारण गाउँमा दिएको छ ।
Comments
Post a Comment