बिराटपोखरीमा बिश्व हिन्दु महासंघको आयोजनामा बालाचर्तुदशी पर्ब मनाइने
सुरेश आले "सर्जु"
मंसिर १,झापा
बिर्तामोड, बिर्तामोड -३ बिराटपोखरी बिश्व हिन्दु महासंघ झापाको आयोजनामा सोही स्थानमा स्थित पंचमुखी ज्योर्तिलिङ्ग मन्दिरमा बालाचर्तुदशीको पूर्ब सन्ध्या र सो दिन बालाचर्तुदशी पर्ब मनाईने भएको छ । यसको लागि मंसिर ५ गते साँझ देखिको तयारी गरिएको जनाईएको हो ।
बिश्व हिन्दु महासंघ जिल्ला शाखाले प्रत्येक बर्ष यसको कार्यलय भवन र मन्दिर समेत रहेको बिराटपोखरी स्थित सो स्थानमा हिन्दुहरुको बिभिन्न पर्बको अवसरमा बिबिध कार्यक्रमहरु आयोजना गर्दै रहेको छ। यसैलाई निरन्तरता दिदै बालाचर्तुदशी पर्ब पनि मनाईन लागेको बताईएको हो । यसको लागि सो स्थानमा मंसिर ५ गते स्थानिय कृतन मण्डलीहरुले रात्री कालिन जाग्राम बसि भजन कृतन गरिने र आगन्तुकहरुले आफनो दिवंगत पितृहरुको संझनामा रातभर दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको सो समतिकी बजरंङ्गबली कृतन मण्डली अध्यक्ष समेत रहेकी राधिका संग्रौलाले जानकारी गराईन । त्यसै गरि मंसिर ६ गते बिहान सोही क्षेत्रमा सद्बिज छर्ने कार्यक्रम समेत रहेको हो। यसको लागि स्थानिय कृतन मन्डलीहरुलाई रात्री कालिन भजन कृतनको लागि पत्राचार गरि सद्बिज छर्ने कार्यक्रमको प्रचार प्रसार गरिदिन समेत आब्हान गरिएको शाखाका अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए। प्रत्येक बर्ष बिश्व हिन्दु महासंघको आयोजनामा त्यस ठाउँमा पितृ उद्दार हेतु बालाचर्तुदशी पर्ब लगायतका अन्य पर्ब बिबिध कार्यक्रम र पूजाआजा सहित मनाईदै आएको समेत अध्यक्ष उप्रेतीले जानकारी गराएका छन्।
Comments
Post a Comment