संबाद समूहको कार्यशाला सम्पन्न
२,मंसिर झापा
नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरिको अध्यक्षतामा अतिथिहरु झापा मूख्य निर्बाचन अधिकृत तथा झापा जिल्ला न्यायधिश चन्द्रमणी ज्ञवाली,झापा प्रमुख जिल्ला अधिकारी छबि लाल रिजाल,प्रमुख झापा जिल्ला निर्बाचन कार्यलय तुलसी नेपाल,झापा प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्व मणि पोखरेल , झापा जिल्ला निर्बाचन आचार संहिता अनुगमन प्रमुख मधु पोखरेल साथै झापा जिल्लामा रहेर पत्रकारिता गर्ने पत्रकारहरुको उपस्थिती रहेको हो।
कार्यक्रममा अध्यक्ष गिरिले पत्रकारहरूले निर्बाचनको समयमा आचार संहितामा रहेर निर्बाचनका समाचार सम्प्रेषण गर्न आग्रह साथै समाचार सम्प्रेषण गर्दा अप्ठ्यारो परे महासंघले सहजीकरण गरिदिने तटस्थ रहेर,वाचडगको भूमिकामा समाचार सम्प्रेषण गर्नुपर्ने धारणा राख्नु भयो । त्यसै गरि कार्यक्रमका बक्ता मूख्य निर्वाचन अधिकृत ज्ञवालीले पत्रकारहरुलई समाचार सम्प्रेषण गर्न सहज वातावरण बनाउन आफू कटिबद्ध रहेको तर संचारकर्मीहरुले निर्वाचनको समयमा गर्न नहुने आचार संहिता उल्लघन नगरि दिन हुन आग्रह गर्नु भयो । प्रजिअ रिजालले झापामा निर्बाचन लक्षित शान्ति सुरक्षा,सिमा नाकामा गर्नु पर्ने सुरक्षा र संचार जगतलाई समाचार संकलनमा कुनै अवरोध नहुने वातावरण कोलागि तयारी भैसकेको धारणा राख्नु भयो । प्रहरी उपरिक्षक पोखरेलले झापामा तीन हजारको हाराहारीमा प्रहरी र तीन हजार चारसय बैसठ्ठी म्यादी प्रहरी र अन्य सुरक्षा निकायहरुबाट सुरक्षा गरिने जानकारी साथै असली र नककली संचारकर्मी पहिचान गरि संचार क्षेत्रमा निर्देशन बोमजिम समाचार संकलन गर्न दिईने धारणा राख्नु भयो। त्यस्तै निर्बाचन कार्यालय प्रमुख नेपालले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्बाचनको तयारी पूरा भएको र संचारकर्मीहरुलाई बाधा नहुने गरि यस पटक रिर्पोटिङ्गको व्यवस्था आयोगले गरेको जानकारी दिनुभयो। छिटपुट आचार संहिता उलंघनका घटना बाहेक ठूला आचार संहिता उलंघनका घटना हालसम्म झापामा नभएको र अब पनि नहुने झापा निर्बाचानआचार संहिता उलंघन अनुगमन प्रमुख आर्चायले उल्लेख गरे साथै संचारकर्मीहरुले त्यस्ता उलंघनका घटनालाई जानकारी गराईदिन समेत उनले आग्रह गरे।
संचारकर्मी उमाकान्त खनाल,लिला राज झापाली, चिरन्जिवी घिमिरे,बिनोद पाण्डे लगायतले बिगतमा निर्बाचनमा संचारकर्मीहरुले भोग्नु परेको पिडा नदोरह्याउन निर्बाचन आयोगलाई ध्यान आर्कषण जिज्ञाशा राख्नु भयो। उहाँहरूले नकली र सकली संचारकर्मी पहिचान गरि समयानुकुल ब्यबहार गर्नुपर्नेमा निर्बाचन आयोगलाई सुझाव दिए।
अन्त्यमा अध्यक्ष गिरिले निर्बाचन सफल बनाउन संचारकर्मीले वाच डगको भूमिका नर्बाह गर्नुपर्ने,छिटो छरितो सूचना आदान प्रदान हुनु पर्ने गरि काम गर्ने,सवारी पास बारे जिल्ला प्रशासन र महासंघ बिच दुरुपयोग हुन नदिन सहकार्य हुने,परिचय पत्र अद्यावधिक भएको हुनुपर्ने, समाचार संकलनको समयमा देखिने गरि संचार परिचयपत्र लगाउनु पर्ने,समाचार संकलन गर्न फोटो र भिडियो खिच्न संचारकर्मीले मोबाईल क्यामेरा प्रयोग गर्न पाउने जस्ता सात बुंदे छलफलको निष्कर्श प्रश्तुत गर्नु भयो।उपस्थिति सरोकारवालाहरू लगायतले सहजीकरण गरेको छलफल कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ झापा शाखाका सह सचिव अर्जुन राजबंशीले गरेका थिए भने सहजीकरण नेपाल पत्रकार महासंघ झापाले गरेको थियो।
/
Comments
Post a Comment