बिराटपोखरीमा बालाचतुर्दशी पर्ब मनाए


६,मसिर झापा

सुरेश आले "सर्जु" 

बिर्तामोड,झापा जिल्ला बिर्तामोड नगरपालिका वडा न. -३ स्थित एतिहासिक तथा धार्मिक पर्यटकिय स्थल बिराटपोखरीमा बालाचतुर्दशी पर्ब मनाईएको छ । बालाचर्तुदशी पर्बको पूर्व सन्ध्यामा त्यहाँ स्थित बिश्व हिन्दु महासंघको पंचमुखी बजरंगबली शिव पाञ्चायन मन्दिरमा सॉझ भजन कृतन र दिप प्रजवलन गरिएको हो। भजन कृतनमा स्थानिय लगायत १४ वटा कृतन मण्डलीको सहभागिता रहेको  बिश्व हिन्दु महासंघ झापा अध्यक्ष मोहन उप्रेतीले जानकारी गराए। साथै आज बिहान बालाचतुर्दशीको दिन बिहानै देखि त्यस क्षेत्रमा सतबिज छर्नेहरुको उपस्थित रहेको सोही समितिका बजरंगबली कृतन मण्डली अध्यक्ष राधिका संग्रौलाले जानकारी दिईन् । सॉझको कार्यकममा उपस्थित कृतन मण्डलीहरु र सहयोगी अर्जुनघारा-५ निवासी गणेश कार्की लगायतलाई सम्मान गरिएको उनले बताईन् । बिश्व हिन्दु महासंघ झापा शाखाको भवन समेत सोही क्षेत्रमा रहेको छ ।

त्यस्तै सोही ठाउँमा बिराट बहुउदेश्यीय बिकास समिति र सोही स्थानको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डलीको आयोजनामा सो क्षेत्रको शिव मन्दिर परिसरमा सॉझ भजन कृतन गरिएको ज्योर्तिलिङ्ग समावेशी कृतन मण्डली  अध्यक्ष मन प्रसाद उप्रेतीले जानकारी दिए। आठ वटा स्थानिय लगायतका कृतन मण्डलीले साँझ भजन कृतन र दिप प्रज्वलन गरेको जनाईएको छ । उपस्थित मण्डली र सहयोगी दाताहरुलाई उक्त कार्यक्रममा समेत सम्मान गरिएको सदस्य अर्जुन उप्रेतीले जानकारी गराए ।

बिराटपोखरी क्षेत्रमा सालुन्ने सॉझ जाग्राम बसि दिवगंत पितृहरुको संझना र उद्दार हेतु दिप प्रज्वलन गरि बालाचर्तुदशीको बिहान  सदबिज छर्न स्थानिय लगायत टाढा टाढा बाट समेत जनमानसको उपस्थिति रहने गरेको छ । यसो गर्नाले पितृ उद्दार हुन्छ भन्ने मान्यता हिन्दु धर्ममा  सर्बमान्य रही आएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते