केपी शर्मा ओली दोब्बर मतबाट बिजयी

 


७,मंसिर झापा
सुरेश आले "सर्जु"

बिर्तामोड,झापा क्षेत्र न. ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली  दोब्बर मतले विजयी भएका छन् ।
प्रतिनिधि सभा सदस्य तर्फ झापा ५ मा जम्मा उम्मेद्वार २५ जना रहेका थिए।

ओलीले ०६४ निर्बाचन बाहेक ०७४ सम्म कुनै पनि निर्बाचनमा पराजय व्योहेरेका छैनन् । उनको यो सातौ पटकको निर्बाचन हो।

०७४ को मत परिणाम केपी शर्मा ओली ५७,१३९ नेपाली कांग्रेस खगेन्द्र अधिकारी २८,२९७ रहेको थियो।

यस पटक ओलीले ५२,३१९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी खगेन्द्र अधिकारीले २३,७४३ मत प्राप्त गरे यो मतअन्तर २५,५७६ फरक देखिन्छ ।

 झापा-५ मा कूल मतदाता संख्या १५४,२८९ रहेका छन्। जस मध्ये खसेको मत परिणाम प्रतिशतमा ६६.२० रहेको आयोगले जनाएको हो ।

उता प्रदेश सभा निर्बाचन तर्फ सोही क्षेत्र ख मा नेकपा एमालेका होम थापा १९,१०६ मत प्राप्त गरी बिजयी भएको जनाईएको छ भने क मा नेकपा एमालेकै हिक्मत कार्की बिजयी बनेका छन् ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला