झापा बाट १ जना मात्र महिला बिजयी

 

सबिना बजगाँई

९,मंसिर झापा
सुरेश आले "सर्जु"

बिर्तामोड,महिलाहरुको राष्ट्रिय राजनितीमा संख्या अपुग भैरहेको आकलनको समयमा झापाबाट प्रतिनिधि सभामा प्रतिनिधि गर्ने महिलाहरुको संख्या शुन्य रहेपनि प्रदेश सभामा एक जना महिला प्रतिनिधि निर्बाचित भएकी छिन् ।
झापाबाट प्रतिनिधि सभामा ५ जना पुरुष नेताहरुनै बिजयी बने । उनीहरू केपी शर्मा
 ओली,एलपी साँवा,राजेन्द्र प्रसाद लिङ्गदेन,देवराज घिमिरे र बिश्व प्रकाश शर्मा रहेका हुन्। त्यस्तै प्रदेश सभा तर्फ पनि दश सिटमा ९ सिटमा पुरुष नेता हरुकै हाबी रह्यो तथापि एक सिटमा भने महिला उम्मेद्वार निर्बाचित भएकी हुन् । उनी  राप्रपाकी सबिना बजगाँई हुन्।
उनले झापा क्षेत्र न.एक ख बाट प्रदेश सभा सदस्यमा बिजय हासिल गरेकी हुन्। उनले गठबन्धन तर्फका श्याम राईलाई पराजित गरेकी थिइन् भने बजगाईंले १३ हजार ६१२ मत ल्याउदा राईले १२ हजार २२४ मत प्राप्त गरेका थिए।

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति