सतानु सिंह प्रतिष्ठानको सैनिकमोडमा चोरी
९,मंसिर झापा
दिउसो २ बजे सम्म त्यस प्रतिष्ठान हाता भित्र रहेको पोखरीमा माछा मार्ने जालहारीहरु रहेका थिए । त्यति बेला सम्म सबै सामाग्री सुरक्षित रहेको देखिएको थियो । बेलुका पूजा गर्ने समयया हेर्दा मन्दिर भित्र रहेको दुईवटा हाते घण्टी, एउटा तामाको जल्लारी र मन्दिर बाहिर झुण्ड्याईएको एउटा घण्टी नभएको पतिष्ठान क्षेत्रमै बसोबास गर्ने पतिष्ठानकै एम्बुलेन्स चालक बिजय कुमार शाहले बताएका छन्। रात्री कालिन समयमा प्रतिष्ठानको बाहिरी गेटको ताला लगाईने गरिएको हो । दिउसो गेटको ढोका र मन्दिरको ढोका भने पूजा आजाको लागि खुला राखिने गरेको उनले भने। यो प्रतिष्ठान भित्र चोरी भएको पहिलो घटना भएको उनले बताए ।
सोही प्रतिष्ठान क्षेत्रकै सभा हलमा रङ्ग रोगनको काम गर्दै रहेका सुनिल पासवानले सैनिकमोड क्षेत्रमा चोरीका घटना बढ्दै गएकोमा चिन्ता ब्यक्त गरे ।
चोरी भएको झुण्ड्याइएको घण्टी भने स्थानिय समाजसेवी सूर्य नारायण राजवशीले दान गरेको जनाईएको छ । सो प्रतिष्ठान भित्र एउटा शिव मन्दिर एउटा कृष्ण मन्दिर पोखरी र अन्य धेरै संरचनाहरु रहेका छन् ।
Comments
Post a Comment