बिराट ज्योतिर लिङगले आगामी बर्ष रुपिया साठी हजार पाँच सय लाभ लिने ।
१०,मंसिर झापा
संघका अध्यक्ष मन प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि बिर्तामोड नगरपालिका वडा न.३ वडा अध्यक्ष मदन बुढाथोकी रहेका थिए भने बिशिष्ट अतिथिहरुमा समाजसेवी तथा धार्मिक ब्याक्तित्व धुर्ब प्रसाद शिवाकोटी,मनकामना कृतन मण्डली बिर्तामोड ९-१० अध्यक्ष नैनकला थापा,नवदुर्गा कृतन मण्डली बिर्तामोड १० उपाध्यक्ष कबिता गौतम,लक्ष्मी नारायण कृतन मण्डली बिर्तामोड-१०अध्यक्ष मोहन चुडाल,बिराट सरोबर कृतन मण्डली बिर्तामोड-३ उपाध्यक्ष युवराज न्यौपाने लगायत रहेका थिए।
प्रमुख अतिथि बुढाथोकीले दिप प्रज्वलन गरि शुरु गरिएको कार्यक्रममा राष्ट्रिय गान बजाईएको र उॅ कार बाचन गरिएको हो। साथै स्वागत मन्तब्य संघका सचिव गणेश प्रसाईले गरेका थिए।
बक्ताहरु प्रमुख अतिथि बुढाथोकीले बिर्तामोड-३ मा रहेको एतिहासिक तथा धार्मिक पर्यटकिय क्षेत्र बिराटपोखरीको बिकाशमा ज्योतिर लिङग समाबेशी कृतन मण्डलीले गरेको योगदानको कदर गर्नु भयो । धार्मिक तथा एतिहासिक प्राचिन बिराटपोखरी यसै कृतन मण्डली रहेको क्षेत्र भित्र पर्दछ। वडाको तर्फ बाट पनि बिराटपोखरीको भौतिक सुधार तर्फ डिपिआर तयार गरेर आउने दिनमा बिकाश गरिने प्रतिबद्धता उहॉले व्यक्त गर्नु भयो । साथै सघंको पाँचौं साधारण सभाको शुभकामना समेत दिनुभयो ।
त्यसैगरी समाजसेवी धुर्ब प्रसाद शिवाकोटी,मनकामना कृतन मण्डली अध्यक्ष नैनकला थापा,नवदुर्गा कृतन मण्डली उपाध्यक्ष कबिता गौतम,लक्ष्मी नारायण कृतन मण्डली अध्यक्ष मोहन चुडाल, बिराट सरोबर कृतन मण्डली उपाध्यक्ष युवराज न्यौपाने लगायतले पनि शुभकामना मन्तब्य राखेका थिए भने अध्यक्ष उप्रेतीले सबैको सहयोगको प्रशसा गर्नु भएको थियो ।
कार्यक्रममा संघका २६ जना सदस्य मध्ये उत्कृष्ट सदस्य लिला राजवंशीलाई संघलाई भौतिक रुपमा पूर्ण सहयोग गरेको भन्दै सम्मान पत्र प्रदान गरिएको थियो भने प्रमुख अतिथि बिशिष्ट अतिथि लगायतको हातबाट सम्मान पत्र प्रदान गरिएको हो ।
सचिव गणेश प्रसाईले भविष्यमा गरिने उत्तम कार्यको योजना प्रस्तुत गरे भने बन्द सत्रको कार्यक्रममा आज सम्मको हिसाब र भाबी कार्ययोजना अनुमोदन भएको जानकारी दिए भने कार्यक्रमको संचालन संघका सहसचिव चन्द्र भट्टराईले गरेका हुन् ।
Comments
Post a Comment