राजेन्द्र लिङ्गदेन दोश्रो कार्यकाल दोहोरयाउदै
८,मंंसिर झापा
त्यस्तै २०७० को निर्बाचनमा नेपाली काग्रेसका कृष्ण प्रसाद सिटौला प्रतिनिधि सभा सदस्यमा बिजयी भएका थिए भने २०७४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द प्रसाद लिङ्गदेन बिजयी भएका हुन् ।
०७४ को मत परिणाम हेर्दा ३१,१७५ मत कृष्ण प्रसाद सिटौलाले प्राप्त गरेका थिए भने राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ४४,६१४ मत प्राप्त गरेका हुन्।
झापा क्षेत्र न. ३ प्रतिनिघि सभा सदस्य तर्फ १८ जना उम्मेदवारहरुले उम्मेद्वारी मनोनयन दर्ता गराएको आयोगले जनाएको हो।
यसपटक राप्रपाका राजेन्द्र प्रसाद लिङ्गदेन ४०,६४८ मत प्राप्त गरि बिजयी भएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कृष्ण प्रसाद सिटौलाले ३७,३७२ मत प्राप्त गरेका छन्।
झापा क्षेत्र न.३ मा जम्मा १३१,४३२ मतदाता संख्या रहेको र ६८.२० प्रतिशत मत खसेको आयोगले जानकारी दिएको छ ।
राजेन्द्र प्रसाद लिङ्गदेन र कृष्ण प्रसाद सिटौलाको यो दोश्रो भेट हो ।
त्यस्तै प्रदेश सभा तर्फ एमालेका छबि चुडाल ३-२ बाट बिजयी भएका छन् । उनले ८,६५९ मत प्राप्त गरे भने उनका निकटतम पूर्ण सिंह राजबशीले ६,६७५ मत प्राप्त गरे। त्यस्तै ३-१ मा नेपाली कांग्रेसका भूमि राजबंशी बिजयी भएका छन् । राजबंशीले २०,७७० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्दी बसन्त बानियाले भने १९,७०२ मत प्राप्त गरेका छन्।
Comments
Post a Comment