देवराज घिमिरे पहिलो पटक प्रतिनिधि सभा सदस्य


७,मंं
सिर झापा
सुरेश आले "सर्जु"

बिर्तामोड, झापा क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्य तर्फ नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे बिजयी भएका छन् । घिमिरे नेकपा एमाले स्थाई कमिटि सदस्य तथा १ न. प्रदेश इन्चार्ज समेत हुन् । घिमिरेको यो प्रतिनिधि सभा सदस्यमा पहिलो उम्मेद्वारी हो । उनी सुखानी शहिद स्मृति प्रतिष्ठानको अध्यक्ष समेत रहेका छन् ।

झापा क्षेत्र न.२ मा प्रतिनिधि सभा सदस्य तर्फ जम्मा १२ जना उम्मेद्वारहरुले उम्मेद्वरी मनोनयन दर्ता गराएको आयोगले जनाएको हो।


झापा क्षेत्र न.२ मा २०७४ को निर्बाचनमा नेपाली कांग्रेसका उद्धव थापाले ३०,०५० मत प्राप्त गरेका थिए भने नेकपा एमालेका पबित्रा निरौला खरेलले ४५,८१७ मत प्राप्त गरि बिजयी बनेकी थिइन् ।

यसपटक नेकपा एमालेका देवराज घिमिरे २७ हजार ७७० मत प्राप्त गरि बिजयी बनेका छन् भने उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्रका उम्मेद्वार स्वागत नेपालले २५ हजार ४८३ मत प्राप्त गरेका छन्। यो मतअन्तर २२९७ रहेको हो । सत्ता गठबन्धनका हरि रानाले भने १३ हजार ७१९ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा तर्फ एमालेकै एकराज कार्की र चिन्तन पाठक बिजयी भएका छन् ।

कार्कीले १८,७३१ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा समाजबादीका पुष्प पोखरेलले ६,१०१ मत प्राप्त गरेका छन् । त्यस्तै पाठकले २०,१८४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी खगेन्द्र मैनालीले १६,३४४ मत प्राप्त गरेका हुन्।

झापा क्षेत्र न.२ मा जम्मा मतदाता संख्या १३४,०९१ रहेको र ६५.४२ प्रतिशत मत खसेको आयोगले जनाएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला