एल पी साँवा दोश्रो पटक,झापा-४ मा बिजयी
झापा क्षेत्र न ४ प्रतिनिधि सभा सदस्य तर्फ जम्मा १८ जना उम्मेद्वारहरुले प्रतिनिधि सभा सदस्य तर्फ उम्मेद्वार मनोनयन दर्ता गराएको आयोगले जानकारी गराएको छ ।
०७४ प्रतिनिधि सभा सदस्य निर्बाचनमा नेकपा एमालेका लाल प्रसाद साँवाले ४३,५१५ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसका देउ कुमार थेवेले १६,५८७ मत प्राप्त गरेका हुन् । ०७४ मा निर्बाचनमा समेत साँवा बिजयी भएका थिए भने यस पटक सावाँ र थेबेको यो दोश्रो भेट हो।
थेबे नेपाली कांग्रेस झापा जिल्ला सभापति समेत हुन् ।सावाँले यो निर्बाचनमा २९,३१५ मत प्राप्त गरि बिजयी भए भने उनका निकटतम प्रतिद्धन्दी थेवेले २२,४४८ मत प्राप्त गरेका छन् ।
झापा क्षेत्र न. ४ मा जम्मा मतदाता संख्या १२३,१२४ रहेको र ६४.४४ प्रतिशत मत खसेको आयोगले जानकारी दिएको हो।
प्रदेश सभा तर्फ ४ मा ख बाट राप्रपाका केन्द्रिय प्रबक्ता भक्ति प्रसाद सिटौला बिजयी भएका छन् भने ४-१ मा नेकपा एमालेका राधा कृष्ण खनाल १३,९५१ मत ल्याएर बिजयी भए जबकी उनका प्रतिद्वन्दी सत्तारूढ गठबन्धनका झलक सिंह दर्लामीले १२,३७१ मत प्राप्त गरे ।
प्रत्यक्ष तर्फ मतगणना सकिए पनि समानुपातिक तर्फ गणना बाँकी रहेको आयोगले जनाएको छ।
Comments
Post a Comment