एनएमसी सदस्यले गरे गौरबटोलको सरसफाई

   


२२ माघ,बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) सदस्यहरुले गौरवटोल सरसफाई गरेको छ। संस्थाको सामुदायिक कार्यक्रम अन्तर्गत गत शुक्रबार बिर्तामोड नगरपालिका-१० गौरवटोलस्थित विश्वम्भर शिवालय मन्दिर परिसर तथा आसपासका चोक,सडक सरसफाई गरिएको हो। 

 संस्थाको सैनिबजार सेवा केन्द्र अन्तरगत एकाई नम्बर २ को आयोजनामा सम्पन्न सरसफाई कार्यक्रममा २ नम्बर एकाई उपसमिति संयोजक रत्नबहादुर बस्नेत,सदस्यहरु ओमबहादुर गुरुङ्ग,सीता राई,गणेश बोहरा,शिक्षा सेवी टेकबहादुर देवान,नवजागरण क्लबका सचिव हरिप्रसाद श्रेष्ठ,सदस्य कृष्ण राई,विश्वम्भर शिवालय मन्दिर व्यवस्थापन समितिका नीलध्वज खड्का,अम्बरबहादुर बुढाथोकी लगायत टोलबासीहरुको सहभागिता रहेको सदस्य तथा सहजकर्ता चन्द्रबहादुर राईले जानकारी दिए। संस्थाको सामुदायिक कार्यक्रम अन्तरगत सरसफाई प्रति चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईएको छ। 

एकाई उपसमिति संयोजक बस्नेतको अध्यक्षतामा भएको सरसफाई कार्यक्रमको सञ्चालन चन्द्रहादुर राईले गरेका थिए भने आउँदो दिनमा पनि सरसफाई अभियानलाई निरन्तरता दिईने कार्यक्रममा जनाईएको छ।

    

  
















     बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) ले गौरवटोल सरसफाइ गरेको छ। 

    संस्थाको सामुदायिक कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका-१० गौरवटोलस्थित विश्वम्भर शिवालय मन्दिर परिसर तथा आसपासका चोक,सडक सरसफाइ गरिएको हो। 

    संस्थाको सैनिबजार सेवा केन्द्र अन्तरगत एकाइ नम्बर २ को आयोजनामा सम्पन्न सरसफाइ कार्यक्रममा २ नम्बर एकाइ उपसमिति संयोजक रत्नबहादुर बस्नेत,सदस्यहरु ओमबहादुर गुरुङ,सीता राई, गणेश बोहरा,शिक्षा सेवी टेकबहादुर देवान,नवजागरण क्लबका सचिव हरिप्रसाद श्रेष्ठ,सदस्य कृष्ण राई, विश्वम्भर शिवालय मन्दिर व्यवस्थापन समितिका नीलध्वज खड्का,अम्बरबहादुर बुढाथोकीलगायत टोलबासीहरुको सहभागिता रहेको सदस्य सहजकर्ता चन्द्रबहादुर राईले जानकारी दिए। 

    संस्थाको सामुदायिक कार्यक्रम अन्तरगत सरसफाइप्रति चेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ। 

   एकाइ उपसमिति संयोजक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चन्द्रहादुर राईले गरेका थिए। 

    

  






Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते