हल्दीबारीमा वार्ड स्तरिय अन्तर बिद्यालय हाजिरीजवाफ



बुद्धि नेपाल
६ फागुन,झापा

 हल्दीबारी गाउँपालिका वार्ड नं २ को आय‍ोजना र बालसंजाल क्लब वार्ड नं .२ को प्रायोजनमा फागुन  ५ गते वाडस्तरिय अन्तर विद्यालय प्राथमिक तह हाजिरी जवाफ प्रतियोगिता संचालन भएको छ।सामुदायिक र संस्थागत गरि जम्मा ८वटा बिद्यालय रहेको वार्ड नं २ मा ७ वटा बिद्यालय प्रतियोगितामा समावेश भएका थिए। 
प्रतिय‍ोगितामा नव सृजना प्रा.वि. प्रथम,हल्दीबारी मा.वि.द्विितिय र सिग्मा अंग्रेजी स्कुलले तृतिय स्थान हासिल गरेका थिए। बिद्यालयमा स्र‍‍ोत साधन र शिक्षकहरुको अभाव रहेता पनि प्रथिस्पर्धामा सानो सामुदायिक प्रा.वि.ले श्रेषठता हासिल गरेको छ।यसले लाखौ खर्च गरेर नीजि स्कुलमा नानीहरु पढाउनु भन्दा नि:शुल्क सामुदायिक बिद्यालयमा नानीहरु पठाई अभिभावकहरु जागरुप भएर बिद्यालयसित समन्वय गर्दा सामुदायीक बिद्यालयनै अब्बल हुनेछन् भन्ने सन्देश गएको छ।  (नेपाल स्थानिय शिक्षक हुन् खबरलाई सम्पादन गरिएको छैन-सम्पादक)

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते