भद्रपुर झापा गोल्ड कप आयोजक बिजयी

 


झापा,फागुन ७

झापाको भद्रपुरस्थित मेची रंगशालामा आजदेखि शुरु भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी शुरुवात गरेको छ ।आयोजक भद्रपुर ब्लेजर्सले भारत जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गरेको हो । आयोजकका लागि विदेशी खेलाडी स्टेफन समिरले खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै ८० औं मिनेटमा अर्का विदेशी खेलाडी मेसु केले अर्को गोल गरी जित सुनिश्चित गरे । मेसु के खेलको म्यान अफ द म्याच भए । उनलाई २० हजार नगद प्रदान गरियो ।

प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका १० टोली सहभागी रहेका छन् । उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले प्रतियोगिताको उद्घाटन गरेका थिए । गोल्डकप सञ्चालनका लागि करिब डेढ करोड खर्च हुने अनुमान गरिएको छ। गोल्डकपको विजेताले १३ लाख नगद पुरस्कार पाउने छ। यस्तै उपविजेताले सात लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालाई नगद २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन