सैनिक बजारमा वार्डअध्यक्ष टोलस्तरिय फुटबल शुरु
१४ फागुन झापा बिर्तामोड
सैनिक बजार महेन्द्र ज्योति मा.बि. बिर्तामोड-१० को खेल मैदानमा १३ फागुन शनिबार देखि बिर्तामोड-१० वार्ड अध्यक्ष टोल स्तरिय फुटबल प्रतियोगिता संचालन भएको छ। प्रतियोगिताको उद्घघाटन खेल समेत सोही दिन सम्पन्न गरिएको हो। उद्घघाटन खेल चमरघाप+दक्षिण चमर धाप+ इलामेली टोल र जर्मन डाँडा+ सापडिग्री टोल बिच सम्पन्न भएको हो।
आयोजकको तर्फ बाट मिलन गुरुङ्गको सभापतित्वमा भएको उद्धघाटन सत्रमा प्रमुख अतिथि बिर्तामोड-१० का वडा अध्यक्ष दुर्योधन गुरुङ्ग,बिर्तामोड वडा न.६ वडा अध्यक्ष सूर्य प्रसाद कन्दङ्गवा,बिर्तामोड-१० वडा सदस्य पंचधन राई,१० न. नमूना टोल अध्यक्ष अमर कन्दङ्गवा,मधुपोखरी टोल अध्यक्ष तुलसी प्रसाद सुबेदी,द. चमरधाप टोल अध्यक्ष बिनोद कुमार भट्टराई,सैनिक बजार टोल अध्यक्ष अनुत सुब्बा,सापडिग्री टोल अध्यक्ष मोहन कुमार उप्रेती,सैनिक बजार अस्थाई प्रहरी चौकी इन्चार्ज प्रसनि राजेश खड्का लगायतको उपस्थिति रहेको थियो।
स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराको साथ आयोजना गरिएको प्रतियोगिताको उद्घघाटन बिर्तामोड-१० वार्ड अध्यक्ष गुरुङ्ग र वार्ड न.६ वार्ड अध्यक्ष कन्दङ्गवाद्वारा पानसमा दियो बालेर संयूक्त रुपमा गरिएको हो। आयोजकको तर्फबाट मिलन गुरुङ्गले यस खेललाई सफल बनाउन बिर्तामोड वार्ड कार्यलय,दृष्टि आँखा अस्पतालका गोपाल मुखिया,अल इन वान कल्ब सैनिक बजारका अध्यक्ष कृष्ण बाबु योञ्जन, युवा समाज सेवी थीर बहादुर राई लगायतले आर्थिक तथा भौतिक सहयोग गर्नु भएको जानकारी दिनु भयो ।
साथै पुरस्कार स्वरूप बिजेताले प्रथम पुरस्कार रु.चालीस हजार नगद ट्रफी र मेडल,उप बिजेताले नगद पच्चिस हजार नगद ट्रफी सहित मेडल साथै प्रत्येक दिन १ जनाले म्यान अफ दि म्याच बराबर रु.१००० नगद साथै खेलको अन्त्यमा बेस्ट गोल किपर-१,बेस्ट डिफेन्डर-१,बेस्ट मिड फिल्डर-१,बेस्ट फरवार्ड-१,मेन अफ दि सिरिज-१,हाई स्कोरर-१,राइजिङ्ग स्टार-१ र बेस्ट कोच १ जनालाई पुरस्कृत गरिने जनाउनु भयो।
हिजै भएको उद्घघाटन खेलमा चमरघाप+द. चमरघाप+इलामेली टोल र जर्मन डॉडा+ सापडिग्री टोलको खेलमा जर्मन डाँडा+सापडिग्री टोल बिजयी बनेको छ। बिजेता टिमको तर्फ बाट मनिष श्रेष्ठ र उमेश मैनालीले १-१ गोल गरेका थिए भने चमरधाप+ द.चमरधाप+इलामेली टोलका तर्फबाट जर्सी न.१० का दिपेन राईले १ गोल फर्काएका हुन् । निर्धारित ९० मिनेटको खेलमा बिजेता टोलीले पहिलो हाफमा १ गोल गरेका हुन् भने दोश्रो हाफमा दुबै टोली बाट १-१ गोल भएको थियो। हिजो भएको उक्त खेलको म्यान अफ दि म्याच जर्मन डाँडा+ सापडिग्री टोलका उमेश मैनाली घोषित भए उनले रु.१००० नगद सहित मेडल प्राप्त गरे।१३ गते बाट संचालन भएको खेलको फाईनल खेल फागुन २२ गते हुदैछ भने उद्घघाटन सत्रमा स्वागत मन्तव्य आयोजकको तर्फबाट शकुन तुम्रोकले गरेकी थिइन् भने संचालन संतोष बेघाले गरेका हुन्। उद्घघाटन सत्रमा प्रमुख अतिथि लगायत बिशिष्ट अतिथिहरुले शुभ कामना मन्तब्य राखेको जनाईएको छ।
१४ गते आईतबारको खेल नमूना टोल र मधुपोखरी+कुवापानी+लक्ष्मी नारायण+पत्थर भिट्टा टोल बिच हुने आयोजकले जानकारी गराएका हुन् ।
Comments
Post a Comment