अनिष न्यौपाने फाईल तस्बिर १४ असोज,बिर्तामोड झापाको बिर्तामोड– १० ठुटेबरमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । गएराति अन्दाजी ८ः३० बजे बिर्तामोड– १० ठुटेबरमा बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र१–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई जोगाउने क्रममा आफै अनियन्त्रित भई पल्टिएको हो । सो क्रममा दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड– १० शिवालय चोक बस्ने २७ वर्षीय अनिष न्यौपाने गंभीर घाइते भएका थिए । टाउको र दुबै खुट्टमा चोट लागेका अबस्थाका न्यौपानेलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारका क्रममा आज दिउँसो २ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मोटरसाइकलमा पछाडी सवार बिर्तामोड-१० सोही ठाउँका अन्दाजी बर्ष ३८ का टिकाराम राय घाइते भएका छन् । सामान्य अबस्थाका उनको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल अस्थायी प्रहरी चौकी सैनिकबजारको नियन्त्रणमा रहेको छ ।
Comments
Post a Comment