सैनिक फुटबल: दोश्रो खेलमा नमूमा टोल बिजयी



१४ फागुन झापा,बिर्तामोड

सैनिक बजार महेन्द्र ज्योति मा.वि बिर्तामोड-१० को खेल मैदानमा संचालन भइरहेको आज दोश्रो दिनको वार्ड अध्यक्ष टोल स्तरिय बिर्तामोड-१० फूटबल सप्पन्न भएको छ।आजको खेल प्रतियोगितामा नमूना टोल र मधु-पोखरी+कुवापानी +लक्ष्मी नारायण +पत्थरभिट्टा टोल बिच खेल सम्पन्न भएको हो ।

श्री मिलन गुरुङको सभापतित्वमा संचालन भइरहेको प्रतियोगितामा प्रमुख अतिथि बिर्तामोड-३ का वडा-अध्यक्ष श्री मदन कुमार बुढाथोकी बिशिस्ट अतिथिहरु बिर्तामोड -१० का वडा अध्यक्ष दुर्योधन गुरुङ,वडा जनप्रतिनिधि श्री पन्चधन राई र अस्थाई प्रहरी बिट प्रमुख राजेश खड्का तथा अतिथिहरुमा भूतपूर्व खेलाडी तथा महेन्द्र ज्योति मा.वि का बि. ब्या. अध्यक्ष तथा राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी राम दर्शन गुरुङ्ग,सैनिक सेवा समाजका अध्यक्ष कर्ण बहादुर गुरुङ्ग,समाजसेवी व्यक्तित्व श्री डम्बरबहादुर तुम्रोक लगायतको उपस्थिति रहेकोे थियो ।

खेलको पहिलो चरणमा नमुना टोलका क्याप्टेन सन्तोष तुम्रोकले १ गोल गरेका थिए भने प्रतिद्वन्दी टिमका बिशाल केरुङ्गले पनि १ गोल फर्काए।

दोस्रो हाफ पछाडि कडा प्रतिस्पर्धा हुँदै नमुना टोलका जर्सी न.७ का पाल्देन गुरुङ्गले १ गोल गरेका थिए र टिमलाई बिजय गराएका थिए । आजको खेल नमूना टोल २ गोल सहित बिजयी बनेको हो। खेलमा नमुना टोलका खेलाडी सन्तोष तुम्रोक म्यान अफ द म्याच घोषित भए भने उनले नगद एक हजार र मेडल प्राप्त गरेका छन् ।

फाल्गुन -१५ सोमबार भोलिको खेल बिराटपोखर,पश्चिम बिराटपोखर,ठूटेबर+सैनिक क्याम टोल र उत्तर भूतेनी,नगर गौरब टोल बिच हुने  आयोजकद्वारा जानकारी गराईएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला