बिर्तामोड-१० शिवालय मन्दिरबाट धातुका सामाग्रीहरु चोरी

 


२६ बैशाख,बिर्तामोड

श्री त्रिपुरेश्वर शिवालय मन्दिर बिर्तामोड-१० शिवालय चोकको मन्दिरबाट धातुका सामाग्रीहरु चोरी भएको छ। गत सोमबार दिउसो मन्दिरको फलामको मुख्य कैची गेटको ताला फुटाएको अवस्थामा देखिए पछि भित्र हेर्दा ती सामाग्रीहरु चोरी भएको  जनाईएको हो।
मन्दिरको गेटको ताला फुटाईएको अवस्था

मन्दिरको जलहारी,पूजा थाली,सानो थाली, पित्तल घण्टी,तामाको लोटा चोरी भएको मन्दिर समिति सचिव खुवराज भट्टराईले जानकारी गराए। सोही मन्दिरबाट चार बर्ष अघि माईक र एक बर्ष अगाडी दान पेटिका चोरी गरि करिव आठ हजार रुपैया चोरी भएको समेत उनले बताए।

हाल सामाग्री चोरी भए पश्चात अस्थाई प्रहरी चौकी सैनिक बजारमा जानकरी गराईएको र प्रहरीको टोलीले सोको निरिक्षण गरिएको समेत जनाईएको हो। यसरी पटक पटक मन्दिरको भौतिक तथा जिन्सी सामाग्री चोरी हुन थाले पछि  स्थानिय चिन्तित बनेको समेत भट्टराईले जानकारी गराए भने हाल सम्म चोरी गर्ने व्यक्ति भने पक्राउ पर्न नसकेको समेत उनले भने ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन