नेपाल तामाङ्ग धेदुङ्गको आयोजनामा बिर्तामोडमा डम्फू बाजाको प्रशिक्षण

 


४ जेठ,बिर्तामोड

 नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर कार्यसमितिको आयोजना र बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सात दिवशीय डम्फू बाजा प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गरिएको छ। प्रशिक्षणमा बिर्तामोड नगर भित्रका चौबीस जना यूवा यूवतीको सहभागिता रहने जनाईएको हो भने प्रशिक्षण बिर्तामोड-४ स्थित नमो बौद्ध गुम्बामा रहने जनाइएको हो।

प्रशिक्षक राम कुमार तामाङ्गले सहभागी प्रशिक्षार्थी हरुलाई प्रशिक्षण दिलाउने कार्यक्रममा बिर्तामोड वडा न. एकबाट तीन जना,दुईबाट एक जना,तीनबाट तीनजना, चारबाट तीन जना,पाँचबाट चार जना ,छ बाट दुईजना,आठबाट एक जना.नौबाट चारजना र दशबाट तीनजना सहभागी गरि जम्मा चौबीस जनाको सहभागीता रहने जनाईएको हो। प्रशिक्षक तामाङ्गले सहभागीहरुलाई सात दिनको अवधिमा डम्फू तालमा बजाउने, साङ्ग सेरगेम गर्ने मेलो,तामाङ्ग गीत,तामाङ्ग जातीमा छोरी कुटुम्बलाई दिदा चारदाम गर्ने बिधि बिधान, डम्फु बाजा बजाउदा लाईने भेषभूषा गोइलो सम्बन्धि ज्ञान,डम्फू गीतमा नाँच्ने तरिका, लामा गुरु राङ्गसिङ्ग घिसिङ्गबाट धर्म संस्कार बिधि लगायत छोटकरीमा भाषा संस्कृति समेतको प्रशिक्षण गराईने कार्यक्रम रहेको बताए।

नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर अध्यक्ष बिजय तामाङ्गको अध्यक्षता र बिर्तामोड-४ का वडा अध्यक्ष राहुल शर्माको प्रमुख आतिथ्यमा प्रमूख अतिथि शर्माले कार्यक्रमको ब्यानर बाचन गरेर उद्घाटन गरिएको कार्यक्रममा नेपाल तामाङ्ग धेदुङ्ग जिल्ला उपाध्यक्ष फूल माया तामाङ्ग,नमो बौद्ध गुम्बा सल्लाहाकार शुक्र बहादुर बल, नमो बौद्ध गुम्बा अध्यक्ष हस्त बहादुर तामाङ्ग ,बिर्तामोड नगरपालिका लेखा अधिकृत देबेन्द्र तामाङ्ग लगायतले कार्यक्रममा शुभकामना मनत्वय राखेका हुन् भने कार्यक्रममा बोल्दै प्रमूख अतिथि शर्माले बिर्तामोड-४ मा अवस्थित नमो बौद्ध गुम्बा बिर्तामोडकै एक धरोहरको रूपमा बिकसित भैरहेको र यसै गुम्बा परिसरमा डम्फू प्रशिक्षण समेत आयोजना गरिनु गर्वको कुरो भएको बताए त्यस्तै कार्यक्रमका अध्यक्ष बिजय तामाङ्गले बिर्तामोडमा पञ्चे बाजा संगसंगै यो डम्फू बाजालाई समेत सांस्कृतिक बाजाको रूपमा बिकसित गर्दै लैजानु पर्ने धारणा राखे र सो को लागि बिर्तामोड नगर पालिकाले आर्थिक सहयोग प्रदान गरी कार्यक्रम सफल बनाउन देखाएको कार्यमा बिर्तामोड नगरपालिकालाई धन्यबाद ज्ञापन गरे।

नेपाल तामाङ्ग धेदुङ्ग बिर्तामोड नगर सहसचिव चनिमाया तामाङ्गले उपस्थितलाई स्वागत जनाएको कार्यक्रमको संचालन धेदुङ्गका सचिव गणेश तामाङ्गको रहेको हो।



Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते