झापाको भद्रपुरमा छात्रामाथि हतियार प्रहार,युवक पक्राउ
१८, जेठ, झापा
झापाको भद्रपुरमा एक विद्यालयमा अध्ययनरत छात्रा माथि धारिलो हतियार प्रहार भएको छ भने हतियार आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको जनाईएको छ । एसएस निकेतन भद्रपुर नगरपालिका -९ की छात्रा श्रेया राईलाई हतियार आक्रमण भएको हो सो कार्यमा संलग्न भद्रपुर नगरपालिका-६ भानु चौक बस्ने १८ वर्षीया अभिषेक कर्ण उक्राउ परेका हुन् ।
१७ वर्षीया राईलाई स्कुल बसबाट ओर्लिने बित्तिकै आज विहान ११ वजेको समयमा १८ वर्षीय कर्णले धारिलो हतियार दाउ प्रहार गरेका थिए । दाउ प्रहार गरी भाग्दै गरेको अवस्थामा घोडामारा प्रहरीले नियन्त्रणमा लिई कर्णलाई जिल्ला प्रहरी कार्यालय झापामा बुझाएको छ भने घाइते श्रेयाको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भईरहेको प्रहरीको भनाई छ ।
टाउको सहित दुबै हातमा चोट लागेको राईलाई हतियार प्रहार गर्नुको कारण भने खुल्न सकेको छैन सोको अनुसन्धान भईरहेको झापा प्रहरीका प्रवक्ता कृष्ण कुमार चन्दले बताउनुभयो ।
Comments
Post a Comment