बिर्तामोड निबासी बिष्ट हत्याको अभियोगमा दुईजना पक्राउ

 ,


१६ जेठ । 
गत बैशाख २६ गते झापाको बिर्तामोड नगरपालिका–४ स्थित कालिका नगरमा मध्यरातमा आफ्नै घरभित्रै विष्णुमाया विष्टको हत्या भएको थियो ।  ६८ वर्षीया विष्णुमाया विष्टको हत्या अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ परेको छ । बिष्टको हत्या भएको २० दिन पछाडी प्रहरीले आज बिर्तामोडका २१ बर्षीय गंगा राजवंशी र २७ बर्षीय महेश राजवंशीलाई पक्राउ गरेको जनाएको हो । उनीहरु मृतक बिष्टको छीमेकी हुन् ।  प्रहरी स्रोतका अनुसार उनीहरुले हत्या आरोप स्विकार गरि सकेको जनाइएको हो। 

 हत्याराको खोजीका लागि प्रहरीको चार वटा टोली लगातार खटिएको थियो ।घटना भएपछि सिआइबीको टोली, प्रदेश टोली, जिल्ला प्रहरी र इलाका प्रहरी बिर्तामोडको प्रहरीको टोली गरी चार वटा टोलीले संयुक्त अनुसन्धान गरिरहेका थिए । बैशाख २६ गते घरमा एक्लै भएको अवस्थामा विष्ट मृत अवस्थामा भेटिएकी थिइन् । उनको खन्तीले हानेर हत्या गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि धरानबाट प्रहरी कुकुरसमेत मगाएको थियो । कुकुरले घरको पश्चिम दक्षिणतर्फ केही सङ्केत दिए पनि लिटल फ्लावर्स स्कुल दक्षिण पुगेपछि अलमलिएको थियो । प्रहरीले जिप्रका झापामा घटना सम्बन्धि थप तथ्य र हत्यारा सार्बजानिक गर्ने तयारी गरिरहेको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन