कचनकवलमा ऑपको विषयमा झडप,सात घाईते


 ९ असार,झापा 
झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । शनिबार बेलुका कचनकवल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मियासँग झगडा र कुटपिट गर्दा दुई पक्षका सातजना घाइते भएको जनाईएको हो।
 कुटपिटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिया, २५ वर्षीय समसेर मिया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिया, २० वर्षीय अर्फिन मिया, ५० वर्षीया लेजिना मिया र ३९ को समसोधिन मिया घाइते भएका हुन ।

 सबै घाईतेहरुलाई उपचारका लागि ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा ल्याईएको छ भने सबैको अवस्था सामान्य रहेको जनाईएको  छ ।

 सो स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रहरी नायव निरीक्षक र बिओपी केचनाबाट सशस्त्र प्रहरी निरीक्षक समेतको टोली सुरक्षार्थ खटिएको प्रहरीले जनाइएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते