झापामा एक बद्धाको घारिलो हतियार प्रयोगगरि हत्या

 

 
१४ असार,झापा

 झापामा एक बृद्धाको हत्या भएको छ। भद्रपुर नगरपालिका वडा नं- २ डिगाउँमा धारिलो हतियार प्रहार गरी । उनको हत्या भएको हो ।

 शुक्रबार दिउँसो ३ः३० बजेको समयम भद्रपुर नगरपालिका वडा नं.-२ डिगाउँमा सोही ठाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङलाई स्थानीय अन्दाजी बर्ष ३५–४० का राजेश तामाङले धारिलो हरियार सिक्कल प्रहार गरी हत्या गरेका हुन् । गौरीमायाको घरमा  राजेशले धारिलो हरियार प्रहार गरेका र उनले सिक्कलले घाँटीको दाहिने भागमा प्रहार गर्दा गौरीमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको हो । 
राजेशलाई खेतवारीमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरी इलाका प्रहरी कार्यालय पृथ्वीनगरले नियन्त्रणमा लिएको जनाईएको छ भने हत्या गर्नुको कारण  खुल्न नसकेको र सो सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन