एसईईको नतिता बिहिबार सार्बजानिक हुन सक्ने

 


११ असार, काठमाण्डौं

एसईई को नतिजा (रिजल्ट) बिहीबार (असार १३) सम्म सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्बजानिक गर्ने तयारी गरेको हो।

कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। उनका अनुसार कार्यालयले तयार पारेको कार्य योजनाअनुसार उत्तरपुस्तिका परीक्षण,अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको  बताए।

परीक्षा नियन्त्रक पौडेलका अनुसार, असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो तथापि तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ । बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया