मेचीनगरमा मोटरसाईकल दुर्घटना एकको मृत्यु,दुई घाईते

 


मेचीनगर,झापा 

८ असार,झापाको भद्रपुर धुलाबारी सडकखण्डमा आज बिहान मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ भने दुइजना घाईते भएका छन् ।

दुर्घटनामा मेचीनगर–१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताउनु भयो । 

मेचीनगर–१५ लालझोडास्थित भित्री सडक खण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१६ प ४१८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको जनाईएको हो ।

मोटरसाइलकमा तीन जना सवार रहेका र । दुर्घटनामा घाइते मेचीनगर–१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया