बिर्तामोडको ग्यारेजमा आगलागी,नौ लाख बराबरको क्षति

 


९ असार,बिर्तामोड
 बिर्तामोडको अर्जुनधारा-११ मा रहेको  नयाँ बसपार्कको एक ग्यारेजमा आगलागी भएको र आगलागी नियन्त्रणमा आएको साथै  आगलागीबाट करिव रु.नौ लाख बरावरको धनमाल जलेर नष्ट भएको  अनारमनी इप्रकाका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी गराए ।

आइतबार बिहान ७ः३५ बजेको समयमा नयाँ बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो ।

बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको जनाईएको हो भने बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आगो नियन्त्रणमा आएको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया