बिर्तामोडको ग्यारेजमा आगलागी,नौ लाख बराबरको क्षति
९ असार,बिर्तामोड
बिर्तामोडको अर्जुनधारा-११ मा रहेको नयाँ बसपार्कको एक ग्यारेजमा आगलागी भएको र आगलागी नियन्त्रणमा आएको साथै आगलागीबाट करिव रु.नौ लाख बरावरको धनमाल जलेर नष्ट भएको अनारमनी इप्रकाका प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी गराए ।
आइतबार बिहान ७ः३५ बजेको समयमा नयाँ बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो ।
बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा ९ लाख रुपैयाँ बराबरको क्षति भएको जनाईएको हो भने बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८ः०५ बजे आगो नियन्त्रणमा आएको जनाईएको हो।
Comments
Post a Comment