बिर्तामोडको खाद्य गोदाम परिसरमा यूवा झुन्डिएको अवस्थामा फेला

 


१६ असार,बिर्तामोड

 झापा बिर्तामोडको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको परिसरमा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। ।

पाँचथर थालेलुङ गापा वडा नम्बर ४ घर भई असार १२ गतेदेखि बिर्तामोडमा सानीआमासंगै बस्दै आएका २३ वर्षीय अर्पण साउदेन आज बिहान ५ः३० बजेको समयमा खाद्य गोदामको कम्पाउण्डभित्र रहेको आँपको रुखमा आफ्नै छालाको पेटीको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेका हुन् ।

तुलसा लुवा लिम्बू मृतक साउदेनको सानीआमा हुन् भने उनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिर्तामोड शाखा प्रमुख हुन्।

। इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी पाउनसाथ प्रहरी टोली खटिगई शबलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इप्रका बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताएका छन् ।



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन