करण परियार नेपाल आईडल सिजन-५ को बिजेता



८ असार,काठमाण्डौं


एपिवान टेलिभिजन रियालिटि शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। परियारले प्रतिष्पर्धी 

 पोखराकी सलोमी गुरूङ, दार्जिलिङका सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै शनिबार उपाधि जितेका हुन्। परियारले  २५ लाख नगद,ट्रफी र थुप्रै उपहारहरू प्राप्त गरे।

 बिजेता मध्ये फर्स्ट रनरअप सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने भने गुरुङले नगद १० लाख  र ट्रफी जिते । विश्वकर्माले नगद ५ लाख सहित ट्रफी हात पारेका हुन्। विजेताहरूलाई अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले ट्रफी प्रदान गरे।


नेपालको एपीवान टेलिभिजनले निर्माण गरेको अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौं संस्करण गत फागुन २४ देखि प्रसारण भएको हो। पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना को सहभागिता रहेको जनाईएको हो। 



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन