बिर्तामोड-१० को एक टोलबिकाश समितिमा महिला मात्र चयन
५ असार,बिर्तामोड
बिर्तामोड-१० को एक टोल बिकाश संस्थामा महिला पदाधिकारी मात्र कार्यसमितिमा सर्बसम्मत चयन भएका छन्। बिर्तामोड-१० स्थित बिराटपोखर टोल बिकाश संस्थामा अध्यक्ष लगायत अन्य पदाधिकारी र सदस्य समेत गरि नौ जना कार्यसमिति पदाधिकारीहरु महिला मात्र सर्बसम्मत चयन भएको सोही समितिमा गठित सल्लाहाकार समिति सदस्य कृष्ण प्रसाद उप्रेतीले जानकारी दिए। गठित समितिमा महिला मात्र चयन भएता पनि सल्लाहाकारहरु भने सबै पुरुष चयन भएको उपेतीले जनाए ।
नवगठित पदाधिकारीहरुमा श्री कृष्णा कुमारी शर्मा प्रसाई अध्यक्ष, राधिका संग्रौला उपाध्यक्ष,दिपा दंगाल प्रसाईं सचिब,भावना अधिकारी सहसचिव,चण्डिका सिटौंला कोषाध्यक्ष,शोभा न्यौपाने सदस्य,बसन्ती मुसहर सदस्य,लुसो राजबंशी सदस्य र मुना कँडेल सदस्य रहेका छन् ।
२०८१-०३-०५ गते बुधबारका दिन बिर्तामोड नगरपालिका वडा नं -१० बिराटपोखर टोल विकास संस्थाको प्रथम साधारणसभा तथा अधिबेशन श्री रघुनाथ पाठकको अध्यक्षयतामा बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यता र १० न. वडा सदस्य पृथ्वी ब.बस्नेतको आतिथ्यता एंव बिराटपोखर टोल विकास संस्थाको घरधुरी सदस्यहरुको उपस्थितिमा सो टोल बिकाश संस्थाको नव गठित समिति चयन भएको जनाईएको हो। अघिल्लो कार्यकाल भने रघुनाथ पाठकको अध्यक्षतामा समिति गठन भएको हो।
सोही भेलाले रघुनाथ पाठकको संयोजकतवमा ५ सदस्यीय सल्लाहकार समिति समेत सर्व सम्मत चयन गरेको जनाईएको हो भने गठित समितिमा रघुनाथ पाठक संयोजक इन्द्र प्रसाद प्रसाई सदस्य,कृष्ण प्रसाद उप्रेती सदस्य,राम प्रसाद खनाल सदस्य र हृदयराज पाठक सदस्य रहेको जनाईएको हो।
Comments
Post a Comment