पेस्तोल सहित बिर्तामोड-७ बाट एक व्यक्ति पक्राउ

  


१३ असार,बिर्तामोड

झापा बिर्तामोडका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली हुन् ।

 पेस्तोल घरमा राखेर आफ्नै भाउजू गीता पराजुलीसँग झगडा गरिरहेका पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

 ७ बजे सॉझको समयमा भाउजूसँग झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठा लगायत आसपासको एरियामा तलासी लिँदा लुकाइ छिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल भेटाएको प्रहरीले जानकारी गराएको छ ।

 पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी गराए। 

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला