पेस्तोल सहित बिर्तामोड-७ बाट एक व्यक्ति पक्राउ

  


१३ असार,बिर्तामोड

झापा बिर्तामोडका एक व्यक्ति कटुवा पेस्तोलसहित पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड–७ फक्तालुङ (सिरान) टोल बस्ने ३० वर्षीय सुरेश पराजुली हुन् ।

 पेस्तोल घरमा राखेर आफ्नै भाउजू गीता पराजुलीसँग झगडा गरिरहेका पराजुलीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।

 ७ बजे सॉझको समयमा भाउजूसँग झगडा गरिरहेको बेला प्रहरी टोलीले पराजुलीको घर कोठा लगायत आसपासको एरियामा तलासी लिँदा लुकाइ छिपाई राखिएको अवस्थाको बिडसहितको १० इन्च लम्बाईको कटुवा पेस्तोल भेटाएको प्रहरीले जानकारी गराएको छ ।

 पेस्तोलसहित पराजुलीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र थप अनुसन्धान भइरहेको जिप्रका झापाका डिएसपी कृष्णकुमार चन्दले जानकारी गराए। 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन