सौर्य एयर दुर्घटनाःअठारको शव,एक जिबित (सूची सहित)
जहाज दुर्घटनामा १८ जनाको शव भेटिएको हो।
उनले जहाज दुर्घटनामा घाइते क्याप्टेन मनिष शाक्यको भने जिबितै उद्दार गरी उपचारका लागि अस्पताल लगिएको बताए।
दुर्घटनामा परेकाहरू सबै एयरलाईन्स सम्बद्ध कर्मचारी र आफन्त रहेको जनाईएको हो । क्याप्टेनलाई भने उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको उनले भने ।
सूचना अधिकारी ज्ञानेन्द्र भूलले मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको पुष्टि गरे। उनले जहाजमा १९ जना सवार रहेको बताए।
बिमानमा सवारको नामावली
अमितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्बेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, अरेफ रेडा (विदेशी) को–पाइलट एस. कटुवाल र क्याप्टेन मनिष शाक्य (जीवित उद्धार गरी अस्पताल भर्ना) रहेका हुन्।
Comments
Post a Comment