राप्रपा नयॉ सरकारलाई विश्वासको मत नदिने पक्षमा

 


५ साउन,काठमाण्डौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवगठित मन्त्रीमण्डलका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

नव गठित सरकारलाई प्रारम्भिक रुपमा सकारात्मक हिसाबले लिएको भएपनि तत्पश्चातका सम्पूर्ण गतिविधिको विश्लेषण गरेर विश्वासको मत नदिने निर्णय लिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो ।

यसअघिका कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिलाई राप्रपाले सकारात्मक र स्वागत योग्य मानेको थियो ।

राप्रपाले  भोलि आइतबार बिहान ११ः४५ बजे संसदीय दलको बैठक बोलाएको छ । उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने नदिने बारे बैठकबाट निर्णय गरिने राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शर्माले विश्वासको मत लिने कार्यसूची तय भएको जनाईएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते