बुद्धशान्ति-२ मा आली लगाउदा एकजनाको मृत्यु


 २७ असार,झापा

बुद्धशान्ति-२ झापा खतिवडा चोक पश्चिम एक व्यक्ति आफ्नै खेतमा आली लगाउदा मृत अवस्थामा भेटिएका छन्। स्थानिय सुशिल घिमिरे मृत भेटिएका हुन्। 

बुधबार अन्दाजी दिनको बारह बजे तिर करिब सद्चालिस बर्षिय घिमिरेलाई आफैले आली लगाएको खेतमा मृत भेटिएपछि स्थानिय छिमेकीहरुले प्रहरीलाई खबर गरेका हुन् । पछि प्रहरीले उनको शवलाई आवश्यक कारबाही र पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर लगेको घिमिरेका स्थानिय छिमेकीले जानकारी गराए भने घिमिरेको श्रीमति बैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेको र उनी एक छोरीको साथमा बुद्धशान्ति-२ मा बस्दै आएका हुन्।


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति