ब्रत बसेर तुलसी रोपी एकादशी पर्व मनाईदै

  


२ श्रावण,झापा
हिन्दु धर्मावलम्बीहरुले आज घरघरमा तुलसीको विरुवा रोपेर ब्रत बसी हरिशयनी एकादशी पर्व मनाउँदै छन् । तुलसीलाई धार्मिक एवं बैज्ञानिक महत्वको बिरुवाको रूपमा मानिन्छ ।

आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ र यो दिन तुलसीको विरुवा रोप्ने गरिन्छ । घरको आँगनमा तुलसीको मठ स्थापना गरी तुलसीको विरुवा रोप्दा देवताको बास हुन्छ भन्ने धार्मिक विश्वास पनि रहेको छ । 

एकादशीकै दिन भगवान विष्णुको पूजा गर्दा मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशीको दिन भगवान हरि क्षीर सागरमा शयन हुने र कार्तिक शुक्ल एकादशी अर्थात हरिवोधनी एकादशीको दिन जागा हुने विश्वास पनि रहेको छ । 

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि विभिन्न स्थानमा रहेका भगवान विष्णुका मन्दिर तथा नदी किनारहरुमा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते