उर्लाबारीमा ट्रिपरको ठक्करबाट महिलाको मृत्यू
१८ असार,मंगलबार
सोमबार सॉझ उर्लाबारी मधुमल्ला सडकखण्ड अन्तर्गत उर्लाबारी-६ सिसौलीमा बा. प्र.०३-००१ क-१०९० न. को मिक्लाजुङ्ग गा.पा. का लालबहादूर लिम्बूले चलाएको ट्रिपरले सोही दिशा तर्फ आउदै गोको प्र.-१-०१-०१४ प ६८३३ न को स्कूटरमा सवार उर्लाबारी-६ की सीता बोहरा र उनका ९ बर्षको छोरा प्रशान्त बोहरालाई साँझ ६ः३० बजे ठक्कर दिएको हो।
टिपरको ठक्करबाट घाईते सीता बोहरालाई उपचारको लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे लगिएकोमा उपचारकै कममा सॉझ ७ः३० बजे चिकित्सकले मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ भने उनका छोरा प्रशान्तको न्यूरो अस्पताल बिराटनगरमा उपचार भैरहेको जनाईएको हो।
ट्रिपर चालक लालबहादुर लिम्बुलाई भने नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Comments
Post a Comment