बुबाको हत्या आरोपमा हल्दीबारीमा छोरो पक्राउ

 


 ८ श्रावण,झापा
बाबुको हत्या आरोपमा प्रहरीले आफ्नै छोरालाई नियन्त्रणमा लिएको छ ।हल्दिवारी गाउँपालिका वडा नम्बर-२ पाराखोपी बजार पूर्वका सुनिल राजबंशीलाई नियन्त्रणमा लिईएको हो।

गएराति २ बजे स्थानीय ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिच्चीको बोटमा शंकास्पद अबस्थामा झुन्डिएको फेला परेका थिए । मृतकको टाउको र आँखामा चोट देखिएको छ । राजवंशीको मृत्यु शंकास्पद देखिएपछि उनका छोरा करिव ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । डीएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिईएको हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको,अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडा अध्यक्ष शुकलाल राजवंशीले पनि बताए ।

सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापा लगिएको छ भने मृतकको शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । मृतक बासु र उनका छोराबिच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डीएसपी चन्दले जानकारी दिएका छन् ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन