पूर्व राष्ट्रिय फुटबलर गम्भिर राईको निधन

  


१४ श्रावण,झापा

भद्रपुर-१० चन्द्रगढी बजार निवासी  पूर्व राष्ट्रिय  फूटबलर गम्भिर राईको ५६ वर्षको उमेरमा  उपचारको क्रममा निधन भएको छ । पूर्व राष्ट्रिय  फुटबल खेलाडी राईको बिएन्डसी अस्पताल बिर्तामोडमा आइतबार साँझ हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।  बिगत केही दिनदेखि बिरामी राई लामो समयदेखि मधुमेह रोगको औषधि सेवन गरिरहेका थिए । 

२०२५ साल फागुन ५ गते जन्मिएका गम्भीर १४ वर्षकै उमेरदेखि फुटबल खेलमा प्रवेश गरेका हुन् । उनी यु १६, यु १९ र नेपाल युथ फुटबल टिमको सदस्य पनि थिए ।

राईले एनआरटी, जनकपुर चुरोट कारखाना र मनाङ मर्स्याङ्दीजस्ता चर्चित क्लबमा आबद्ध रही अन्तर्राष्ट्रिय खेलमा तीन गोल पनि गरि सकेका हुन् ।

झापा जिल्ला फुटबल संघको उपाध्यक्ष र सदस्य पदको जिम्मेवारी सम्हालिसकेका उनले २०५६ सालबाट फुटबल खेलबाट संन्यास लिएका हुन् ।

उनले स्थानीय क्लब मुनाल एफसीको प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका थिए भने भद्रपुर झापा गोल्डकपको युवा टिमको प्रशिक्षक थिए ।

फुटबल खेलको सुदृढीकरण र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै झापा गोल्डकपले २०७५ फागुन २५ गते र भद्रपुर झापा गोल्डकपले २०७९ फागुन १७ गते उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानसमेत गरेका थिए ।

२०४२ सालदेखि विद्यालयस्तरीय फुटबल प्रतियोगिताबाट यस क्षेत्रमा लागेका राईले नेपालको विभिन्न ए डिभिजन क्लबमा आवद्ध रही धेरै प्रतियोगिता खेलेका थिए ।

उनले २०५२ सालमा न्युरोड टिम (एनआरटी)मा आवद्ध भएपछि मालदिभ्समा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए ।

त्यस्तै, २०५३ सालमा यु १९ को उमेर समूहबाट थाइल्यान्डमा भएको प्रतियोगितामा सहभागिता जनाएर अन्तर्राष्ट्रिय तीन गोल गरेका थिए ।

२०७५ फागुनमा भारतको उडिसामा सम्पन्न हिरो कपमा नेपाली महिला फुटबल टिमको व्यवस्थापकको जिम्मेवारी सम्हालेका राई मुनाल क्लबका प्रशिक्षक थिए ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते