आठ दिन पछि जलिनाको शव घरमा,भोलीअन्तिम संस्कार
३ श्रावण,झापा
बैदेशिक रोजगारीको क्रममा कुबेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामापरि मृत्यू भएकी बिर्तामोड-९ कोलाटालीकी जलिना तामाङ्गको शव मृत्यु भएको आठ दिन पछि आज बिहिबार घर ल्याईपुरयाईएको छ। बिहान कुबेतबाट चार तीस बजे बिहान काठमाण्डौं आईपुगेको शवलाई बेलुका पाँच बजेर तीस मिनेटको समयमा बिर्तामोड-९ कोलाटोली उनको घरमा ल्याईपुरयाईएको छिमेकी रमेश कार्कीले बताए।
चार महिना अघि बैदेशिक रोजगारीको क्रममा कुबेत गएकी छब्बिस बर्षिय जलिनाको गत बिहिबार आठ बजे राती कुबेतको मंगाफ क्षेत्रमा सडक पार गर्ने क्रममा दुर्घटनामा परि मृत्यू भएको परिवारले जनाएको हो भने उनको पार्थिव शरिरलाई चार गते शुकबार बिहान कन्काई माईमा अन्तिम संस्कार गरिने पारिवारजनहरुले बताएका छन्।
जलिना कुबेतको अल-जजिरा कम्पनीमा कार्यरत रहेको जनाईएको हो।
Comments
Post a Comment