बाटो मर्मत नर्गदा बिर्तामोडको शनिश्चरेरोड तनाव ग्रस्त

  


 १५ साउन,बिर्तामोड

बिर्तामोडको शनिश्चरे रोडमा स्थानीयले सडकअवरुद्ध गरेका छन् । शनिश्चरे रोडको टाटा सोरुमदेखि महानन्द चोकसम्मको मुख्य बाटोमा मङ्गलबार बिहान स्थानीयबासीले बास लगायत विभिन्न बस्तुहरू राखेर सडक अवरुद्ध गरेका हुन् ।

सङ्घीय सरकार अन्तरगतको बजेटमा ठेक्का लागेको उक्त सडक पुन निर्माणको कार्य गर्न निर्माण पक्षले ढिलासुस्ती गरेका कारण आवागमनमा समस्या पैदा भएको र सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन दबाब सृजना गर्ने उद्देश्यले सडक बन्द गरिएको स्थानीय व्यबसायी निरज चुडालले बताए ।

केही सञ्चारमाध्यमहरूले प्रायोजित रुपमा टाटा सोरुमबाट शनिश्चरेसम्म कालोपत्रे गरेको भनी झुटा समाचार समेत प्रसारण गरेको भन्दै जनताको भावनामाथि खेलबाड गर्ने छुट कसैलाई पनि छैन भन्दै स्थानीय राजेश पौडेलले आक्रोश व्यक्त गरे । सडक अवरुद्ध गर्नको लागि स्थानीय १५ जना युवाहरू सडकमै तैनाथ रहेका हुन् ।

यस अघि पनि हिजो सोमवारबाटै सडक अवरुद्ध गरेर विरोधमा उत्रन लाग्दा ठेकेदार कम्पनीले काम तत्काल थाल्ने जनाएको भएपनि काम सो अनुसार नभएकाले बाध्य भएर सडक अवरुद्ध गर्नु परेको स्थानिय बासिन्दाले जानकारी गराए । बाटो मर्मत नहुँदा सो सडक खण्डमा यातायातको साधन चलाउन कठिन भएको उनीहरुको गुनासो रहेको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते