छोरा बुहारीले जंगलमा छाडिदिएका बृद्ध भेटिए

 


१ श्रावण,झापा

बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट ७० वर्ष उमेर बताउने जामुनलाल झाँगडलाई जंगलमा छाडेको चार दिनपछि  उद्धार गरिएको छ।जंगलमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएको उनले बताएका हुन्।

 उनलाई वन कर्मचारीले उद्धार गरेका हुन्। वन हेरालु टोलीले जामुनलालको उद्धार गरेपछि स्थानीय बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ। बेलबारी–चिसाङ साझेदारी वन समितिका अध्यक्ष दिनेश गिरीले वृद्धको बेलबारी नगर अस्पतालमा उपचार भइरहेको बताए।

जामुनलालको शरीरमा चोट देखिएको र उनी धेरै बोल्न सक्ने अवस्थामा नरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सन्तोष विश्वकर्माले जानकारी दिए। 

बेलबारी नगरपालिका–७ डाङ्गी टोलमा बस्दै आएका जामुनलालका छोराबुहारीको भने खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताएकी छन् भने बनका हेरालुहरुबाट उनको उद्दार गरिएको हो।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन