अर्जुनधारा नगर अस्पतालमा शल्यक्रिया सेवा आजबाट थप

  


२० असार,झापा
अर्जुनधारा नगरपालिकाकोे शनिश्चरे नगर अस्पतालले आज बाट थप शल्यक्रिया सेवा थपेको  छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सो सेवाको उद्घाटन गर्नुभएको हो । अस्पतालमा अपरेसनसहितको सेवा सुरु भएपछि अकालमा कुनै आमाले मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य भएको उहाँले बताउनुभयो ।

नगरप्रमुख बलदेव गोम्देनले लामो समयको प्रयासपछि शल्यक्रिया सेवा सुरु गर्न सकेको बताउनुभयो । उहाँले अर्जुनधाराका नागरिकलाई उच्चस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउन नगरपालिका क्रियाशील रहेको जनाउनुभयो ।


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया