मेची प्रादेशिक अस्पतालमा एक कर्मचारी मृत भेटिए


१६ साउन,झापा

मेची प्रादेशिक अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार  बिहान मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवन भित्र मृत भेटिएका छन् । उनी ८:५० बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो।

भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए। सीसी टिभी फुटेज हेर्दा शर्मा गत राती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ। त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ। 

आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला गरेका थिए। त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली घटनास्थल पुगेर शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि पठाईएको हो।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला