ओयरजावलको निर्णायक गोलले स्पेन च्याम्पियन




३१ असार,काठमाण्डौं

स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरेसंगै स्पेन इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै आइतबार कीर्तिमानी चौथो पल्ट युरोपेली च्याम्पियन बनेको छ ।

 बर्लिनमा भएको युरो २०२४ को फाइनलमा स्पेनका लागि ओयरजाबलले ८६औं मिनेटमा निर्णायक गोल गरे ।

पूरा प्रतियोगितामा अपराजित रहेको स्पेनले सबै खेल जितेर यो उपाधि चुमेको हो । खेलको ४७ औं मिनेटमा स्पेनले निको विलियम्सको गोलले अग्रता लिएको थियो । उनका लागि लामिन यमलले पास उपलब्ध गराएका थिए ।

सब्स्टिच्युट कोल पाल्मरले इंग्ल्यान्डका लागि ७३औं मिनेटमा बराबरी गोल फर्काए । युरो फाइनलमा इंग्ल्यान्डको यो लगातार दोस्रो हार हो । युरो २०२० मा पनि इंग्ल्यान्ड फाइनलमा इटालीसँग पराजित रहेको थियो ।

स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो ।

यससँगै इंग्ल्यान्डको ठूलो उपाधि जित्ने अभियान ५८ वर्षयता फेरि अधुरो नै रह्यो । इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप उचालेयता कुनै पनि उपाधि जित्न सकेको छैन।

उपाधि जितेसँगै विश्व फुटबलमा स्पेनले आफ्नो प्रभुत्वलाई फेरि कायम राख्न सफल भएको छ ।

 

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला