पानीमा डुबेर बिर्तामोड-१० मा एकको मृत्यू

 


२२ असार,बिर्तामोड
बिर्तामोड-१० मा पानीमा डुबेर एक जनाको  मृत्यु भएको छ।बिर्तामोड नगरपालिका वडा नं.-१० इलामेली टोल विकास संस्था  बस्ने  होप्ना मुर्मु र मुनि मुर्मुको साइला छोरा वर्ष ३५ को सुनिराम मुर्मुको घर नजिकै रहेको जनता होली कलर्भटबाट गोल्धाप जाने पैनीको पानीमा डुबेर मृत्यु भएको जनाईएको हो।

आज  दिउँसो अन्दाजी २:४५ बजेको समयमा  सुनिराम मुर्मुको घर नजिकै रहेको जनता होली कलर्भटबाट गोल्धाप जाने होलीमा पानीमा डुबेर मृत्यु भएको हो । 

स्थानीयबासीहरुले देखेर घटनाको बारेमा प्रहरीलाई जानकारी गराएपछि अनुसन्धान तथा कानुनी प्रकृयाको लागि अस्थायी प्रहरी बिट सैनिकबजार  र  इलाका प्रहरी कार्यालय अनारमनीबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो ।


Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला